Tuesday, July 21, 2015

आस्मा र आयुस

स्मृति योगी/कथा
मेरी छोरी आस्मा र छोरा आयुस आज मसँग छैनन् । मभन्दा धेरै टाढा, सुदूरवस्तीमा छन् । थाहा छैन
उनीहरुसँगै छन् या अलग । मलाई झलझली याद छ त्यो आँगन जहाँ उनीहरु लखेटालखेट गर्दथे । कहिलेकाहीं त झगडा पनि गर्थे तर त्या सब खेल मात्र । वास्तविकतामा उनीहरु एकअकाएलाई धेरै माया गर्थे । सानो छँदा आयुसलाई आश्माले खुब बोकी । नाकबाट सिँगान झार्दै भाइलाई पिठ्युमा बोकेर गाउँगाउँ डुलाउँथी । भाइ पनि कम थिएन । पिठ्यूँमा बसेरै दिदीलाई सताउँथ्यो । र पनि आश्माले भाइलाई बोक्थी ।
आश्मा अलि ठूली भएपछि भाइको सबै जिम्मेवारी आफूले लिन्थी । विहान उठेदेखि राती नसत्दासम्म भाइकै ख्याल गर्थी । हातमुख धुने, होमवर्कमा सघाउने, कपडा धुने सब आफै । मेरी प्यारी छोरी अश्मा जसले कहिल्यै पनि मलाई रुन दिइन । न त आफ्नो बाबालाई । ऊ सानैदेखि समझदार केटी थिई, समझदार मेरी छोरी । घरमा काम गर्दा मलाई साथ दिन्थी । सधै भन्थी 'मम्मी म सधैं हजुरसँगै बस्छु है !' म मुस्कुराउँथे । आयु बदमासे थियो । बोलिहाल्थ्यो । उसले दिदीलाई तँ त विहे गरेर जाने नि - फेरि शुरु हुन्थ्यो लखेटालखेट ।
उनीहरुको बाबा र म खुब मजाले हेथ्र्यौं उनीहरुलाई । आश्मा र आयुस हाम्रो बाँच्ने आधार र बाँच्ने प्ररेणा दिने प्रेरक थिए । मेरा मुटुका टुक्रा मेरा सन्तान थिए । मेरा खुशीका मुहान, मेरा सपना, कल्पना सबथोक थिए, उनीहरु ।
आश्मो एसएलसी पनि दिई । भाइको जाँच पनि सकियो । उनीहरुले प्लान गर्दै थिए - कतै घुम्ने । मलाई पनि बार-बार अनुरोध गर्थे घुम्न जानलाई । मैले घरको सबै काम गर्नुपर्छ । परिवार नै गए घरमा को बस्छ - भनेर उनीहरुको आग्रहलाई टालिरहें । हुन त आश्मा र आयुस कतै पनि घुमेका थिएनन् । सधैं पढाइ-पढाइ भनेर पढ्नमै व्यस्त थिए । उनीहरुसँगै घुम्ने चाहना मेरो पनि कम थिएन । घरमा कोही नभएका कारणले गर्दा म बाहिर निस्कन पाउँदैन थिए । उहाँ पनि घरमा नहुने, घरको चुलोचौको, लालाबाला सबै स्याहार गर्नुपर्ने । काम-काम भन्दाभन्दै छोराछोरीको घुम्ने चाहनालाई पनि मैले पूरा गर्न सकेकी थिइन ।
नयाँ वर्षमनाउनका लागि उहाँले केही पैसा पठाउनु भएको थियो । उहाँ नभए पनि आश्मा र आयुससँगै नयाँ वर्षमनाइयो । आयुसको रिजल्ट पनि आइसकेको थियो । पास भएकोमा ऊ कम्ति खुशी थिएन । 'बाबा पनि भए त कति रमाइलो हुने थियो' आयुसले आस्मासँग भन्दै थियो । आस्माले भाइलाई सम्झाउँथी । गन्थन गर्दागर्दै उहाँको फोन आयो । फेरि शुरु भयो - फोन उठाउने झगडा । जब बाबाको फोन आउँथ्यो आस्मा र आयुस सधैं यस्तै गर्थे । म उठाउँछु- मउठाउँछु । कहिलेकाहीं त झगडा गर्दागर्दै फोन कटिहाल्थ्यो । ल हामी दुवैले फोन रिसिभ नगर्ने, यो फोन मम्मीले रिसिभ गर्ने- आस्माले भनी । आयुस पनि सहमत भयो । सबैको सहमति अनुसार नै मैले फोन उठाएँ । बोल्ने पालो त कहाँ पाउनु । कुरा लाउनमा नै दिदीभाइ तल्लीन हुन्थे । उहाँलाई पनि यो सब खुब मन पथ्र्यो । उहाँले सधैं भन्ने गर्नुहुन्थ्यो - मलाई त घरमै भए जस्तो लाग्छ, छोरछोरीसँगै । मलाईभित्रै छुन्थ्यो - पीडाले । सकेसम्म आस्मा र आयुसका चाहनालाई पूरा गर्न भन्नुहुन्थ्यो, उहाँले । मलाई पनि त्यस्तै इच्छा थियो । फोन गर्दागर्दै आयुले भनिहाल्यो - बाबा हामी घुम्न जान्छौं है !' आस्माले पनि थपी - हामी कहीं पनि घुमेका छैनौं- प्लि बाबा ....प्लिज बाबा ।' यत भए के चाहियो र घुम्ने उर्दी चल्यो । उहाँले पनि सहमति जनाउनुभयो । बाबाले मान्नुभयो - बाबाले मान्नुभयो भन्दै नाच्न शुरु भयो ।
सानो र सुखी अनि खुशी परिवार मेरो । परिवार सानो भएर के गर्नु घर नै थर्किने गरी कराउँथ्यो आयुस । आयुसलाई सम्झाउँथी आस्मा । दुवैमा केही कुरा नमिले त्यहाँ बस्न पनि नसकिने हुन्थ्यो । मलाई पीडाको आभाष नै हुने मौका दिँदैनथे मेरा छोराछोरीले । सधैं हाँस्ने, हँसाउने, रमइलो गरेर बित्थे दिन । जब मेरो काख भरियो मलाई सबथोक पुग्यो । मैले आस्मा र आयुसलाई यस धर्तीमा ल्याएँ । तब मलाई संसार जितेजस्तो लाग्यो । आस्मा र आयुसले मेरो आँसुलाई टाढा पुर्‍याए र आए उनीहरु मेरो नजिक । जब मैले आस्मा र आयुसलाई जन्म दिएँ त मैले भगवान्प्रति धेरै नै कृतज्ञ भएँ ।
आस्मा र आयुस मेरो जीवनमा आएपछि जीवनले पर्ूण्ाता पाएको आभाष भयो । उनीहरुसँग नजिक हुँदा मैले पाएको प्रशव पीडा पनि भुलें । मैले आफू मरेर उनीहरुलाई जन्म दिएकी थिएँ । एक-एक थोपा रगतले आस्मा र आयुसको जीवन सिर्वजना गरेकी थिएँ । कुन्नि के खोट देखियो भगवान्ले मेरो पर््रार्थनामा - कुन्नि के कमी थियो मेरो पूजामा - भाविले पनि किन बज्रपात पार्‍यो मेरो खुशी परिवारमा - किन मेरो सहारा खोस्यो -
घुम्न जाने कुरा पनि पक्का भयो तर कहाँ जाने - कोसँग जाने - एकछिन सोचेर आस्माले भनिहाली - मम्मी मसँग भाइ पनि जान्छ - मैले जवाफ दिन नपाउँदै आयुस उप्रिmयो । मेरो खुशी भनेकै आस्मा र आयुस थिए । म कसरी उनीहरुको खुशीमा अवरोध जताउन सक्थे र । मैले पनि हुन्छ भने । पहिलो पटक आस्मा र आयुस मदेखि टाढा हुँदै थिए । मनमा कस्तो नरमाइलो लागिरहेको थियो । केही दिनको लागि घर छोड्न लागेका उनीहरु । मलाई भने वर्षौं जस्तो लाग्दै थियो । मनले त भन्थ्यो उनीहरुसँगै जाउँ । तर के गर्नु परिस्थितिले छोड्न मानेन ।
मेरए एकजना अति मिल्ने साथी काठमाडौंमा थिई । उसले र मैलेसँगै पढेका । विहे पनि सँगसँगै भएको हो । उसको छोरा र आस्मा एउटै वर्षा जन्मिएका । मेरी साथी निसा पटक-पटक मलाई काठमाडौं घुम्नका लागि बोलाउँथी । म भने जाने समय नमिलेर गएकी थिइन । निसासँग कुरा भयो । आस्मा र आयुस आउने अवगत गराएँ । निसाको खुशीको सीमा नै रहेन..... । शुक्रवार, शनिवार घुम्ने गरेर नानीबाबुलाई काठमाडौं पठाउने कुरा पनि पक्का भयो । आयुस भन्थ्यो 'मम्मी म पशुपति, स्वयम्भु अनि सबै मन्दिरमा जान्छ ।' आस्मा भन्थी म त धरहराको टुप्पोमा जान्छु र पूरा काठमाडौं हर्ेर्छर्ुु'जाने कुरा पक्का भएपछि आस्मा र आयुले गाउँभरि हल्ला चलाए । विहान उठेदेखि ननिदाउँदासम्म उनीहरुको प्लान बनिरहन्थ्यो । काठमाडौं पुगेपछि यो हर्ने, यो खाने, यो किन्ने यस्तै यस्तै । - मम्मी हजुरलाई के ल्याइदिने - आस्माले सोध्थी । 'होइन मम्मीको लागि भगवानसँग केही मागिदिउँला ।' आयुस भन्थ्यो । 'बाबालाई चाँडै घर आएर हामीसँगै बस्न पठाइदिनुहोस् भनेर भगवानसँग माग्छौं ।' दुवैजनाले यसै भन्ने गर्थे ।
आस्मा र आयुसले कपडा धोए । मिलाए, नुहाए । खानेकुरा पनि बनाउन भने । रोटी र आलुको अचार तयार भयो । एकजना चिनेका दाइको गाडीमा काठमाडौं जाने पक्का भयो । झोला प्याकिङ शुरु भयो । 'मन्दिरमा यो कपडा, घघरमा यो, धरहरा जाँदा ..... आस्मा र आयुस कपडा छान्दै थिए । 'मम्मी हजुरको र बाबाको फोटो पनि दिनु न' आयुस करायो । मैले किन भन्न नपाउँदै आस्मा बोली - मैले अघि नै हाम्रो फेमिली फोटो ब्यागमा रखिसकें । किन नि ... - मैले सोधे । - हजुरको माया लाग्छ- माया लाग्यो भने फोटो हर्ेर्ने- आयुस बोल्यो । म त सधैं तिमीहरुसँगै त छु- मैले भने । जाँदा ख्याल गर । आस्मा ! आयुसलाई राम्रोसँग हर्ेर्नु । निशा आण्टीलाई सताउने होइन । धेरै चकचक गर्नु हुँदैन भनेर सम्झाएँ । हामीलाई केही हुँदैन । आस्मा बोली । हामी त मरे पनि सँगै मर्ने, हराए पनि सँगै - आयुले भन्यो, धत ! त्यस्तो पनि भन्छन् - आस्मा कर्राई । मेरो मुटुका टुक्रा मदेखि टाढा हुँदै छन् भन्ने सोचेर रुन मन लाग्यो । मलिन अनुहार देखेर दुवैजनाले जिस्काउँथे । 'मम्मी त बच्चा जस्तै' - आयुसले भन्यो । 'मम्मी हमी सधैका लागि जान लागेको हो र - केही दिनपछि त आइहाल्छौं नि - आस्माले भनि । कति बुझ्ने मेरा छोराछोरी ! मलाई उनीहरुको कुराले सान्त्वना पनि मिल्यो । म पनि चुप रहें । मम्मी हामी एक हप्ता बस्छौं । निरन्तर अनुरोध गरिरहे । निसाले पनि १/२ हप्ताका लागि पठाइदे न भनि । तर अरुको घरमा..... । निसा आण्टी पनि त हाम्रो घरमा १५ दिन एक महिना बस्नुहुन्छ नि । दुवैजना कराए । गाउँ र सहरमा फरक हुन्छ । सम्झाउन खोज्थे तर असफल । अन्ततः एक हप्तामा सहमति भएपछि उनीहरु काठमाडौं जाने भए । मलाई खुब पिर लाग्यो । पहिलो पटक आस्मा र आयुुस मेरो नजरबाटा टाढा भए । 'मन्दिरमा गएर के माग्ने, काठमाडौंबाट के ल्याउने - प्रश्न सोधेर दिक्क पार्थे । गाडीमा पनि चढे । गाडी देखिँदासम्म हेरें । आँखाबाट आँसु पनि आए । एक हप्ताको लागि भने मलाई एक वर्षजस्तो फिल भइरहेको थियो । बाटैभरि घण्टैपिच्छे फोन गरिरहन्थे आस्मा र आयुस । म पनि त्यो रात सुतिन । विहान फोन आयो । उनीहरु सजिलै काठमाडौं पुगेछन् । त्यो दिन आराम गरें ।
२०७२/०१/११ गते शुक्रवार मन्दिर गए आस्मा र आयु । आस्माले फोन गरेर भनी 'मम्मी मैले भगवान्सँग मेरो मम्मी, बाबा र हामीलाई सधैं सँगै राख्नुहोस् भनेर मागे' मैले हाँस्दै भने धत् ! लाटी मागेको कुरा पनि भन्छन् त - आयुसल फोन खोसेर बोल्यो - मम्मी मैले त हामी कहिल्यै पनि टाढा हुन नपरोस् भने । - म हाँसे ! निशाले भनि भोलि शानिवार खाना खाएर धरहरा घुम्न जान्छौं । मन्दिरका फोटो आस्माले एमएमएस गरी । मैले हेरें । मलाई छोराछोरीसँगै घुमेजस्तो लाग्यो । उहाँलाई पनि ती फोटोहरु पठाइदिएँ । साह्रै खुशी हुनुभयो । उहाँ भन्नुहुन्थ्यो - आस्मा र आयुसका लागि त हामी बाँचेको । किन पिर गर्ने - उनीहरुको खुशी नै हाम्रो खुशी हो । मैले पनि हो मा हो थपें । फोन राख्दा उहाँले भन्नु भयो भोलि धरहरामा पुगेको फोटो पनि मलाई पठाऊ है । मैले हुन्छ भने अनि फोन राखें । राती पनि आस्मा र आयुससँग कुरा गरें । उनीहरु बिना कस्तो खाली भयो घर । घर पनि घर जस्तो नलाग्ने ।
विहान ६ बजे आस्माले फोन गरी मम्मी गुड मर्निङ हामी त आज धरहरा जाने । आज त धरहराको टुपपोमा पुगेर काठमाडौं हर्ेर्ने मेरो सपना पूरा हुँदै छ । थाहा छ मम्मी म धरहराको टुप्पोमा पुगें भने जोड्ले तपाईलाई बोलाउने छु र सबै नेपालीले सुन्ने छन् । बररर ओकेली आस्माले आफ्ना कुरा । - मम्मी मैले त एक सेल्फी फोटो तपाईलाई पठाइदिन्छु ल ! । आयुले उकेल्यो । कति खुशी छन् आस्मा र आयुस । म पनि उनीहरुको फोटो हर्ने आस्मा बसिरहे । खाना खाइसकेपछि हिड्ने बेलामा आस्माले फोन गरी - मम्मी हामी त हिड्दै छौं । ल ल राम्रो सँग जानु- गएर चकचक गर्ने होइन, निशा आण्टीलाई सतायौ भने फेरि जान पाउँदैनौ नि । मैले भने । उहाँले पनि फोन गर्नुभएछ । कति खुशीको आवाजमा बोल्थे आस्मा र आयुस । उनीहरुको खुशीले मेरो एक्लोपनको पीडालवाई दूर गर्‍यो । मैले पनि घरधन्दा सकेर आस्मा र आयुसको फोटो हर्ेर्ने प्रतीक्षा गरे । निशालाई फोन गरें । निसा चकचक गर्छन् होला । केटाकेही राम्रोसँग हर्ेर्नु । के गर्नु दुःख पाइ । - मलाई टाढाकी सम्भिmस् - निसाले झपारी । ल - ल ! फोन राख हामी धरहरा पुगेर फोन गर्र्छौं । मैले पनि धरहरा पुग्ने सपना देखें ।
साढे १० पौने ११ बज्दै थियो । आयुसको सेल्फ फोटो मोवाइलमा आयो । एकछिनपछि आस्माको फोन आयो । मम्मी धरहरा त अति अग्लो ! मेरो सपना पूरा हुँदै छ । म त टुप्पो मा पुगेर हजुरलाई बोलाउँछु - आस्मा बोली - ल-ल !हुन्छ मैले भने । एकै छिनपछि म बसेको ठाउँ थर्कियो म हत्तपत्त भागिन । बाहिर हल्ला सुनियो । भूकम्प ....भूकम्प । म झस्किएँ । बाहिर गएा । मलाई लाग्यो यहाँ मात्रै त होला । केही समयपछि समाचार बाहिर आयो । काठमाडौंमा बढी क्षति । म झण्डै बेहोस भइन । अघि हल्लिएको जमिनभन्दा बढी पो हल्लियो अहिले । केही समयपछि खबर सुने धरहरा पल्टियो । म पागल जस्तै भएँ । आस्मालाई निरन्तर फोन लगाएँ । अह सफलै भएन । निसालाई फोन गरे र पनि लागेन । म के गरु-गरु केही सोच्नै सकेन । मेरा हात काप्न थाले । म उभिएको धर्ती भासिएजस्तो लाग्यो । जोड्ले कराएर रोए । वरपरका छिमेकीले सम्झाउँदै थिए । बल्ल-बल्ल निसालाई फोन लाग्यो । म हत्तपत्त बोलें - निसा आस्मा र आयुस ........! निसा केही बोलिन । मैले सोधंे त कहाँ छेस - म त एकछिन बाहिर उभिएर साथीसँग कुरा गर्दै थिए । आस्मा र आयु .......... । निसा बोल्दाबोल्दै रोकिई । म बेहोस भएछु । व्यूझँदा स्पतालमा थिएँ । मैले होस आउने बित्तिकै सोधें आस्मा र आयुसलाई तर सब मौन । मेरो फेरि होस गुम्यो । मलाई केही थाहा छैन बीचमा के भयो । व्यूँझँदाको मिति पनि थाहा छैन । उभिएका मान्छेहरु को हुन् सब अपरिचित जस्तै । मैले एकोहोरो रहेकी थिए रे । कसैलाई खोजिरहे धेरै । रोएर थाकिएछु क्यार आँखाबाट आँसु पनि आउन छाडे । बोल्न सकिन । एउटा अनुहार परिचित जस्तै लाग्यो । जुन अनुहारले मलाई हेरिरहेको थियो । गहिरो तलाउबाट । मेरा आँखा रसाए एकैपटक अँगालोमा भेटियो त्यो परिचित अनुहार । म फेरि रोएँ । उहाँको अँगालोमा । मैले कति अनुरोध गरे आस्मा र आयुलाई ल्याउनु । मैले त्यहाँका मानिसलाई अनुरोध गरे । मैले भगवान्लाई पुकारे । चिच्याएँ । तर, अहँ कसैले सुनेन् मेरो चित्कार । मैले केही सोचन सकिन । मलाई भगवान्को पनि विश्वास लाग्न छोड्यो । मेरो अवस्थाका कारण डाक्टरले घर ज्ञान दिएन । मलाई मन पनि थिएन त्यो रित्तो घर र्फकन । म अचेत भइ ढलें करिब एक महिनासम्म । एउटै विस्तरा, एउटै ठाउँ, एउटै भित्ता र म हलचल गरिन । एक महिनापछि मलाई रित्तो । घरमा ल्याइयो । म त्यो घरमा पस्नै मानिन । म किन बसँु त्यहाँ जहाँ मेरो कोही छैन । मुटुलाई भगवान्ले लग्यो । म कसरी बाँचु - कसलाई हेरेर मब बुझाउँ र कसका लागि बाँचू - म मर्न सक्छु तर आस्मा र आयुस टाढा भएको रहन सक्तिन ।
मलाई अहिले जस्तै लाग्छ आस्मा र आयुस जन्मेको । उनीहरुसँगै बस्ने मेरो रहर मसँग कहिल्यै नछुट्टनिे उनीहरुको इच्छ पूरा नहुँदै मेरा आँखाका नानी, मेरा प्राण मदेखि टाढिन सक्दैनन् । मलाई विश्वास छैन । मेरी आस्मा मेरो आयु मदेखि टाढा भए । अहँ म मान्दै मन्दिन । मलाई मेरी आस्मा चाहिन्छ र आयु चाहिन्छ । म यो संसारको हरचीज गुमाएर भए पनि आस्मा र आयुसलाई पाउन चाहन्छु । कास भगवान् हुन्थे त किन एउटी आमा यति रुनुपथ्र्यो - किन कलिला मुनाहरु चुडिनु पथ्र्यो - हुन त मैले पनि उनीहरुलाई ज्ञान नदिएको भए नि हुने । मेरी छोरी आस्मा र छोरा आयुस मसँग पहिलो पटक टाढिएका थिए । मलााई थाहा थिएन त्यो विछोड सधैंका लागि थियो भनेर । मेरी आस्माको सपना पूरा नहुँदै मलाई छोडेर जान सक्दिन, मेरो आयुस मसँगै छ मलाई छाडेर जानै सक्दैन ।
मलाई थाहा छ । म जस्ता कैयौ आमाहरु रोएका छन्, अहिले । कैयौं सपना टुटेका छन्- मेरी आस्मा र आयुसको जस्तै गरी । मेरी आस्मा पहिलो श्रेणीमा पास भई एसएलसीमा । म कसरी सुनाउँ यो कुरा उसलाई - म कसरी कुरा गरुँ आश्मा र आयुसँग - म कहाँ गएर भेटूँ - म मेरा मुटुका टुक्रालाई खोज्न कहाँ जाउँ - अब मेरो मुटुमा को बस्छ - अब मैले कसका लागि सपना देखूँ - अब मेरो पीडा कसले बुझ्छ - अब मेरो घर भरिन्छ - अब आश्मालाई कसले सम्झाउँछ - अब आयुलाई कसले होमवर्कमा सघाउँछ - अब मैले आस्मा र आयुलाई कहिले भेट्ने - आस्मा र आयुस तिमीहरु जहाँ छौ म पनि तिमीहरुसँगै छु । मलाई कहिल्यै एक्ली नबनाउ है । तिमीहरु भन्थ्यौ नि मरेपछि आकाशमाथि पुगिन्छ र चम्किला तारा बनिन्छ । अचेल म रातभरि आकाशतिर फर्केर मेरा तारा आस्मा र आयुसलाई खोज्छु । मलाई थाहा छ तिमीहरुले पनि मलाई खोजिरहेछौ । कुनै दिन तिमीहरुको र मेरो भेट हुनेछ । म पनि तिमीहरुसँगै चम्किनेछु । फेरि हामी सँगे हुनेछौं । त्यतिबेला त तिमीहरुले मलाई यसरी रुवाउनु पाउने छैनौ नि । आस्मा तिमी भाइसँगै मेरो घरको सिधा आकाशमा आऊ है । म तिमीहरुलाई कुरिरहनेछु । मलाई देखेर पिर नगर्नु, मलाई एक्लै पारेजसै गरी तिमीहरु नछुट्टनिु । 

Saturday, June 27, 2015

मन र जीवनसँग ...



  • स्मृति योगी 
... अनवरत चलिरहेको पङ्खाले पनि तातो हावा फालिरहेको छ । हुन तयो समय पानी पर्ने समय हो । तर पानी पर्ने लक्षण देखाए पनि आकाश हामीसँग साह्रैरिसाएजस्तो गरेर मडारिन्छ मात्रै । आकाश कालो घुम्टो ओढेर दनादन हिड्छ, कदापि आफ्नो पीडा पोख्ने प्रयत्न गर्दैन । पीडा सहन सक्ने क्षमता रहेछ उसमा । हामी निरन्तर सगरतिर फर्केर पानीको आशा गर्र्छौं परन्तु डगमगाउँदिन आकाश । 
दिनभरिको थकानपछि साँझ डायरीमा लेख्ने आदत नै भइसक्यो । आज त शनिवार, दिनभर खाली-खाली । समय गुजार्न पनि निकै गाह्रो हुन्छ । कहिले बस्न नपाएर तनाव त कहिले धेरै बसेर तनाव । अलि विसन्तो महशुस भएर दिनभरि विस्तरा छोडिएन । मनमा अनेकौं कुराहरु बुन्दै विस्तरामा पल्टिरहें ।
जब म विस्तरामा पल्टिन्छु तब मात्रै मलाई मेरो जीवन याद आउँछ । जीवनको कुनाकाप्चा सबै अवगत हुन्छ । प्रायः म जीवनलाई नियाल्ने गर्छर्ुुल्टिएर । मलाई एक्लै कल्पनामा रमाउन खुब मन पनि पर्छ । निर्वाध म रुन चाहन्छु । तर बाध्यता यहाँ त हाँस्न पनि सवाल जवाफ चाहिन्छ । म मेरो जीवनलाई केलाउँदै कहिले आधा रातसम्म रुन्छ त कहिले आफैलाई देखेर हाँसो छुट्छ । ... म धेरै पटक आफैसँग रिसाएकी छु । आफैलाई चिमोटेकी छु, धेरै पटक चिमोटेकी छु । आफैले खुशी साथ अँगालेका कुराहरु पनि कहिलेकाहीं पर्राई जस्तो लाग्छ । अरुले जबर्जस्ती दिए जस्तो लाग्छ । आफैले गरेका निर्ण्र्ाारु पनि ध्वस्त किन हुँदैनन् - यस्तै लाग्छ मलाई । आफैले रोपेका फूलहरु उखेलेर फाल्न मन लाग्छ कहिलेकाँहीं ।तर, कहिलेकाहीं आफै उम्रिएका झारपातलाई सम्हाल्न मन लाग्छ ।
मन कहाँ कस्तो छ - थाहा छैन । हर्ेर्ने इच्छा पनि छैन, यस्तो नदेखिने नबुझिने मनलाई । कहिलेकाहीं आपसेआप खुशी हुन्छ । कहाँ गएर कसलाई देखाउँ, सुनाउँझै हुन्छ । आफैसँग बाँड्छु र सकिन्छ खुशी क्षणभरमै । कहिलेकाहीं धेरै दुख्छु ।सरासर विस्तरामा पल्टिन्छु र छताछुल्ल पार्छु दिलभित्रका पीडाहरु, कसैले नदेख्ने गरी । मैले कैयौं पटक सिरानी भिजाएकी छु यसरी पीडामा छल्किएर । कैयौं रात जीवनलाई नियालेर कटाएकी छु, तर जति जीवन खोजे पनि कहिल्यै पाउँदिन । सधैं खोज्छु तर कहिल्यै भेटाउदिन । म भाग्लाई खोजिरहन्छु । जीवनलाई बुझ्ने प्रयास गरिरहन्छु । तर सब असफल, केवल असफल । 
हुन त भए पो भट्टाउनु, यी सब । न त मसँग भाग्य छ न जीवन । म त कल्पनामा खुशी हुन्छ क्षणिक र कल्पनामै दुःखी हुन्छु । मेरो सुख कुन हो र दुःख कुन थाहा छैन । मैले चिन्न सक्दिन । हरेक खुशीको अगाडि अथाह दुःख हुन्छ । म त्यही दुःखलाई नाघ्ने प्रयास गर्न छोडि्दन । मलाई थाहा छ म एक दिन कि सफल हुन्छ कि असफल । म त्यही एक दिनकै प्रतीक्षामा हुन्छु । दिनहरु गन्नु पनि कति - मितिहरु कति याद राख्नु अब त त्यो सब छोड्नर्ुपर्छ होला ।
रात छिप्पिँदै छ । दिमागमा नानाथरिका कुरा खेलिरहेका छन् । मनमा अनेकौं तरङ्गहरु तरङ्गति भइरहेछन् । कलमको सफ्तार बढिरहेकै छ । तातो हावाका साथ । मलाई जीवनको वास्तविक अर्थ राम्रोसँग थाहा छैन र पनि म किन अनवरत जीवन खोज्छु । मेरो भविष्य खोज्छु । त्यो पनि पाउँदिन । मलाई मेरो जीवन खोज्दैमा भविष्य खोज्दैमा आयु सकिन्छ जस्तो लाग्छ । नभेटिने कुरा त नखोज्नु नि ! मैले पनि ।
म त भीडमा एक्लै पारिएकी मान्छे । यात्रामा छुटेकी मान्छे । भाग्य नलेखिएकी मन्छे । म त साथी बन्नलायक नभएकी मान्छे । पीडा भन्ने थाहा नपाउँददेखि नै पीडा भोगेकी मान्छे । 
मलाई पीडा के हो - थाहा थिएन। आज आएर बुझ्दै छु, भोगेको धेरै जसो भोगाई त पीडापो रहेछन् । मैले पार गरेका गोरेटोहरुमा पीडाको कालोपत्र गरिएको रहेछ । जब फर्किर हर्ेर्छर्ुुाटो जुन बाटो हिडेकी थिएँ त्यहाँ त आफ्नोपन, आत्मियता केही रहेनछ । म कसरी हिंडेहुँला - अलिे पो डर लागेर आउँछ । मैले पार गरेका बाटाहरुमा कति ठूला खाल्डा म त्यहीं पुरिएको भए .....- कति ठूलो जंगल म त्यहीं हराएकी भएँ ....- खुब र लागेर आउँछ सकिएको यात्रा हर्ेदा पनि । मैले गर्ने अबका यात्र पनि यस्तै त होलान् ।
हुन त जति यात्रा अप्ठेरो भयो उति नै यादगार हुन्छ । जुन यात्रा सहज हुन्छ त्यो यात्रा के यात्रा - त्यसको याद के याद, त्यसोको वर्ण्र्ााके वर्ण्र्ााजुन यात्रामा ठेसलागेर खुट्टाका नङ फेस्न्िछन् जुन यात्रामा पैताला दुख्छ,जुन यात्रामा ज्ज्वोरो आउँछ त्यो पो यात्रा । अझ जुन यात्रामा मुटु दुख्छ त्यो यात्रा पो बढी यादगार बन्छ । 
-०००-
उर्फ! टाउको दुखाई । मरिन्छ कि जस्तो पो भएको छ । दुखाई पनि कति सहनु - सहँदा-सहँदा दुखाइलाई चिन्न पनि छाड्दै छु । मेरो आफ्नो दुखाई त्यसैले सहेर बसेकी छु । अझ भन्ने हो भने सहनै पर्ने । अरुलाई बाँडु भने पनि दुखाई कसले लैजाने - हुन त बाँड्न पनि मिल्दैन । सायद कसैले लैजाँदैन भनेरै होला पीडा बाँड्न नमिलने भएको । भोलि नै निको हुने दुखाईले पनि कति साह्रो च्यापेको होला । अझ जीवन यस्तै हुने भए - 

वास्तवमा भन्ने हो भने क्षणिक दुखाइले दुखाई त अक्षरमा कोरिएका दुखाइले पनि दुखाइको आभाष गराउँछ । मुटुका भित्तामा, कलेजाका पानामा डामिएका दुखाईहरु पो दुखाई हो । कुनै दुखाइले प्रस्वास नै रोकिएको आभाष हुन्छ त्यो दुखाई ले पो दुख्छ । अझ मुटु र कलेजाका दुखाईले त जीवन नै दुख्छ । क्षणिक पनि होइन, भन्न पनि सकिँदैन । गुम्सिएर रहन्छ त्यो दुखाई कसले बुझ्छ ...- त्यो दुखाई कसले हर्ेर्ने चेष्टा गर्छ - त्यो पो दुखाई हो त ।
मन बुझाउनका लागि नानाथरि कल्पना गरिन्छ । दुखाईलाई दबाउनका लागि दुखाईको परिभाषा खोतलिन्छ । तर, न त यहाँ दुखाईको परिभाषा भेटिन्छ । न त जीवनको । जीवन त त्यो पुस्तकमा लेखिएको छ रे जुन पुस्तक मैले पढ्ने मौका नै पाएकी छैन । भाग्य त्यो ठाउँमा छ रे जुन ठाउँमा मेरो दृष्टि पुग्न सक्दैन। त्यति अप्ठ्याराठाउँमा भएका जीवन र भाग्यलाई म कसरी पाउन सक्छु होला - दुःख रपीडा त्यहाँ छन् जहाँ म छु । मेरो समीपमा रहेर मलाई पछ्याइरहेका साथीहरु नै दुःख र पीडा हुन् । जसले मलाई हरबखत साथ दिइरहन्छन् । कोही नभएर एक्लो हुनु भन्दा त पीडासँगै बस्नु बेस जस्तो पनि लाग्छ, कहिलेकाहीं । कमसेकम पीडामा आँखा रसाउँछन्, आँसु झार्नमा सहयोग गर्छन् । मुटुले पनिदुख्नमा सहयोग गर्छ । यी ओठहरु जो कहिल्यै खुशीका साथ हाँस्दैनन् । यी आँखाहरु जसले कहिल्यै नयाँपन, नयाँविहानी देख्दैनन् । यी हातहरुजसले कहिल्यै मुस्कानलाई शब्दमा उतार्न सक्दैनन् । यीमुटु रकलेजा जसले कहिल्यै हर्षो महशुस गरेका छैनन् । यी सब मेरा सस्म्पत्ति हुन् । केवल मेरा । जीवनको रफ्तारमा धेरै भोगियो । उकाली-ओरालीमा हिड्यौ । म हिड्न नसक्ने मान्छे खुशीको रोडमा । मलाई हर्षो दौड प्रतियोगिता गराइयो ग्रावेल गरेको बाटोमा । म ठेस लागेर लडें सबैले उछिनेर अगाडि पुगे । धेरै अगाडि मैले त देख्न पनि सकिन, त्यति टाढा पुगें अरुहरु । म त जहाँ थिएँ त्यहीं । न कसैले मलाई फेरि दौड्ने हौसला दियो न कसैले मलाई उठ्नमा मद्दत गर्‍यो । सबैले मलाई कुल्चिएर गए । धेरै टाढा गए । सायद गन्तव्य स्थानमा पगे होलान्। म त न शुर्रुगर्न सकें न अन्त्य गर्न । बस हेरिरहें । अहिले पनि रोडमा दौडिरहेको मानिसलाई हेरिरहन्छु उसैगरी । म त जहाँ थिएँ त्यही छु अहिले पनि । मानिस कोही काम गर्न दौडन्छ । व्यस्त भएर दौडन्छ । म कहिलेकाहीं हिड्ने प्रयास गर्छर्ुु भर्खर बामे र्सन खोज्छु । मानिसकालाम देख्दा मलाई डर लाग्छ । कतै मलाई कुल्चिने त होइनन् - उसैगरी । म डरहरुका बीचमा हिड्ने प्रयास गरिरहेकी छु । थाहा छैन भीडमै हराउँछु या जीवन भेट्टाउँछु या कुदि नै रहन्छु जीवनको खोजीमा ।

Friday, May 29, 2015

मुक्तक


तिमी भनौला म गजल नलेखुँला 
बरु दिन गनौला म गजल नलेखूँला 
 तिमीले जस्तो भन्छौ मानेकै त छु ,
तिमी जस्तै बनौला म गजल नलेखुँला

Wednesday, May 13, 2015

                         मुक्तक
जब फेलमा परिन्छ
जब भेलमा परिन्छ
तब पो थाहा हुन्छ पीडा
जब ओझेलमा परिन्छ

Tuesday, May 12, 2015

आफन्त र पराइ हुने समय होइन
हिमाल, पहाड, तराइ हुनेसमय होइन
             जो जहाँ भए पनि सहयोगी हातहरु अगाडि बढाऔँ र दुखेका घाउमा मलमपट्टी लगाउने प्रयास गरौँ ।

                  मुक्तक


      म भ्रुणबाटै मर्ने मान्छे ।

     म नफुल्दै झर्ने मान्छे ।।

   मेरो जीवनकै फरक दायरा छ

     म माइतबाट घर सर्ने मान्छे ।।।